वर्तमान अवस्थाप्रति प्रहार गर्दै ‘घाम बिग्रिएछ सार्वजनिक (भिडियोसहित)

लोकपथ
63
Shares

काठमाडौं । मिथकीय लक्षणालाई टेकेर वर्तमान अवस्थामाथि तीखो प्रहार गरिएको गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक भएको छ ।

समाजले विस्तारै आफ्ना आदर्श गुमाउँदै गएको अवस्थामा जनताको आदर्श नै डगमगाएको सन्देश प्रवाह गर्नका लागि लाक्षणिक शब्दहरूको प्रयोग गरेर गजल तयार पारिएको छ ।

भोजराज रेग्मी ‘मुखाले’को शब्दमा उमेश राउतको संगीत रहेको गजल ‘उमेश राउत’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गजलले व्याङ्ग्यात्मक र लाक्षणिक रूपमा पछिल्लो समय राजनीति र समाजमा अपर्झट उदाउने अस्थायी आदर्श पुरुषहरूमाथि चोटिलो प्रहार गरेका छन् ।

आदर्शले आदर्शको गरिमा बचाउन नसकी दिउँसै रात पर्ने अवस्था देखिएको गजलको सन्देश छ । गजलमा भगवान् श्रीराम, श्याम र घामलाई लाक्षणिकरूपमा प्रस्तुत गरिएको छ ।

राम समेत अब बिग्रिन थालेको, राधाले विश्वास गरेकी श्याम बिग्रिएको, धेरैले तापेको घाम बिग्रिएको जस्ता शब्दले पछिल्लो समयमा मानिसहरूमा एकअर्काप्रति हराउँदै गएको विश्वासको प्रतिनिधित्व गरेको छ ।

लाबोनी प्रमोदको सङ्गीत संयोजन रहेको गजल अकोस्टिक नेपालमा दिल साकीले रेकर्ड गरेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ र मास्टरिङ गरेका हुन्, सिद्धार्थ सिंहले खिचेको भिडियोलाई दिपेश गिरीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?