राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण : सभामुख घिमिरे

लोकपथ
21
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्त्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान शिक्षा महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले समाज र समाजलाई सञ्चालन गर्ने राजनीतिअनुसार नै मूलतः शिक्षा निर्देशित हुने बताए । उनले शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्यअनुसार नै समाजको दिशा निर्देशन हुने बताए । उनले शिक्षालाई माध्यम बनाएर नेपालीहरू जीविकोपार्जनका लागि विदेश जाने गरेको बताए ।

शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताए । उनले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले स्वरोजगारका अवसरहरू नहुँदा नेपाली विद्यार्थी बाहिरी देशमा गइरहेको उनको  भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?