ट्रम्पको शपथमा दान गर्ने कम्पनीको ओइरो

लोकपथ
126
Shares

वासिङ्टन डिसी । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बोइङबाहेक गुगल र माइक्रोसफ्टले पनि सोही रकम दान गरेको पुष्टि गरेका हुन् । ‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ,’ बोइङले भन्यो।

कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको उद्घाटनका लागि समान दान गरेको बताएको छ। ट्रम्पको शपथ ग्रहण समारोहमा चन्दा दिनेहरूमध्ये धेरै अमेरिकी कम्पनीहरू छन्। यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी कम्पनी मेटा, अमेजन र उबर समावेश छन्।

कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि उद्घाटन समारोहमा १०(१० लाख अमेरिकी डलर सहयोग गरेका छन्।ट्रम्पले जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ लिन लागेका छन् । यो उनको दोस्रो कार्यकाल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?