काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले पनि दक्ष जनशक्तिहरू नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनी बसिरहेको उनको भनाइ छ । उनले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताए ।
उनले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा सम्प्रेषण गर्न नहुने बताए । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने बताए । पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया