काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले आजको दिन सिंगो नेपालीहरू र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गरे । उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तति, असल योद्धा भएको बताए ।
उनले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पत्ति भएको बताए । नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रको परराष्ट्र नीतिका आधारहरू अघि सार्ने व्यक्तित्व रहेको पनि बताए । अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया