संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन्  । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्रमा परेको बताए । उनले सरकारले यथाशीघ्र संसद् बैठक आह्वान गर्ने उनले हुने विश्वास व्यक्त गरे ।

सभापति खतिवडाले कतिपय विधेयकका बारेमा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको जनाउँदै एउटा संसद्पछि अर्को संसद् छ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक अवस्था अनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्नेमा जोड दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?