काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीले यही माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जस मध्येको १० प्रतिशतले हुन आउने दुई करोड २५ लाख रूपैयाँ बराबरको दुई लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने एक लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। त्यसपछि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ ८ देखि २२ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया