काठमाडौं । मातृभूमी जागरण अभियानका संयोजक डा. भीम रावलले सरकारले ल्याउन लागेको ३ वटा विद्येयकबारे आपत्ति जनाएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका डा. रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठक छलेर अध्यादेशबाटै देश चलाउन लागेको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. रावलले ओलीको निरंकुश चरित्रका कारण देशलाई अध्यादेशतन्त्रमा लैजान खोजेको आरोप समेत लगाए ।
दीर्घकालीन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद् छलेर ल्याइनु प्रधानमन्त्री ओलीको निरंकुश, स्वेच्छाचारी र सत्ता उन्मादीको चरित्र रहेको आरोप लगाए ।
‘निरंकुशतन्त्रको अर्को रूप अध्यादेशतन्त्र।दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानून संसद छलेर ल्यउनु के.पी ओलीको निरंकुश, स्वेच्छाचारी र सत्ता उन्मादी चरित्र कै द्योतक होइन र ?,’ डा. रावलले भनेका छन् ।
शुक्रबार अबेर बसेको मन्त्रिरिषद् बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनेसम्बन्धी लगायत तीन अध्यादेश ल्याउने निर्णय गरेको थियो । लामो समयदेखि संसद् अधिवेशन आह्वान गर्न सांसदहरुले माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने तयारी गरेसँगै चौतर्फी आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया