साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

लोकपथ
14
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समिति बैठकले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीन करोड २० लाख ७१ हजार ६९५ बराबरको १० प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको चुक्ता पुँजी ३२ करोड सात लाख रहेको छ ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शेयर बोनस नदिने १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?