काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् ।
सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।
तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् ।
लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो ।
प्रहरीको भ्यानमा राखेर लामिछानेलाई जिल्ला अदालतबाट बाहिर ल्याउन समेत प्रहरीलाई हम्मेहम्मे परेको थियो । लामिछाने समर्थकहरुले जिल्ला अदालतको गेटमै हुलहुज्जत गरेपछि प्रहरीले स्कर्टिङ गरेर भ्यानलाई बाहिर निकालेको थियो ।
लामिछानेका समर्थकहरुले सरकारकोविरुद्धमा नारा समेत लगाएका थिए ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आज आफैँ अदालतमा उपस्थित भएका थिए ।
यो पनि…
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने अदालतको आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया