काठमाडौं । विश्वप्रशिद्ध ‘द न्यूयोर्क टाइम्स’ घुम्नैपर्ने उत्कृष्ट १० को सूचीमा नेपालको लुम्बिनी समेटिएको छ ।
‘न्यूयोर्क टाइम्स’ ले सन् २०२५ मा घुम्नैपर्ने उत्कृष्ट ५२ गन्तव्यको सूची सार्वजनिक गरेको छ । जसमा गौतमबुद्धको जन्मस्थल समेत रहेको लुम्बिनी समेटिएको हो । ‘न्यूयोर्क टाइम्स’ ले विभिन्न ५२ गन्तव्यमध्ये लुम्बिनीलाई ९औँ नम्बरमा राखेको छ ।
‘न्यूयोर्क टाइम्स’ ले लुम्बिनीलाई हजारौँ वर्षपहिले मायादेवीले लुम्बिनीको बगैचाँमा प्रवेश गरेर बुद्धलाई जन्म दिएको उल्लेख गरेको छ । त्यस्तै ‘न्यूयोर्क टाइम्स’ले लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा चित्रण गरेको छ साथै ०७२ को भूकम्पले पारेको असरबारे समेत उल्लेख गरेको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत समेत रहेको लुम्बिनीमा वर्षेनी लाखौँ पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । ‘न्यूयोर्क टाइम्स’ को उष्कृष्ट गन्तव्यमा परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ समेत लुम्बिनी पर्ने विश्वास गरिएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार घुम्नैपर्ने सूचीको पहिलो नम्बरमा इंल्याण्डको जने अस्टेन्स रहेको छ । त्यस्तै दोस्रो नम्बरमा ग्यालापागोस् आइसल्याण्ड, इक्वैडर परेको छ ।
तेस्रोमा न्यूयोर्क सिटी म्युजियम, चौँथोमा भारतको आसाम, पाँचौमा ह्वाइट लोटस् थाइल्याण्ड, छैठौँमा ग्रीनल्याण्ड, सातौमा फ्रान्सको एक्स–इन–प्रोभेन्स, आठौँमा सन भ्याली आइदाहो, नवौँमा नेपालको लुम्बिनी र दशौँ नम्बरमा अष्ट्रेलियाको सिड्नी परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया