काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज दिँउसो २ बजेका लागि बोलाइएको पदाधिकारी बैठक माघ २ गते बुधबारसम्मका लागि सरेको हो ।
बैठकमा नेताहरुको कार्यविभाजनसम्बन्धी छलफल गर्न लागिएको एक पदाधिकारीले जानकारी दिए ।
गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको माओवादी केन्द्रीय कमिटी बैठकपछि पहिलोपटक पदाधिकारी बैठक बोलाइएको हो ।
त्यस्तै उक्त बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ जिम्मेवारीबारे समेत छलफल हुनसक्ने बताइएको छ ।
पूर्व उपराष्ट्रपति पुन यसअघि उपाध्यक्षको हैसियतमा माओवादीको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका थिए ।
त्यसअघि स्थायी कमिटी बैठकमा समेत पुन उपस्थित भएपछि माओवादीका कतिपय नेताहरुले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा आउन लागेको भन्दै आलोचना गरेका थिए । यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पुन आफैँ बैठकमा सहभागी भएको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया