भारतीय बालकको अपहरण : तीन जना पक्राउ, हतियार बरामद

लोकपथ
35
Shares

सर्लाही । प्रहरीले भारतका १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा ३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा एक नेपाली र दुई भारतीय रहेका छन् । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेको प्रहरीले जनाएको छ ।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेका भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको कोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गरेको थियो । साथै उनीहरुलाई समेत तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?