दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । युनलाई सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ।

युनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयास गरेका थिए ।

ठूलो संख्यामा युनको घरनजिक उपस्थित भएका समर्थकहरूले ब्यारिकेड राखेर अवरोध गरे पनि प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए । 

निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

देशमा सैन्य कानुन लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोही र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?