नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । केजरीवालमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई स्वीकृति दिएको हो ।
गत वर्षको नोभेम्बरमा सर्वोच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने आदेश दिएको थियो । केजीवाललाई ईडीले मदिरा घोटालाको मास्टरमाइन्ड र किंगपिन बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया