काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

लोकपथ
413
Shares

काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले आज बुधबार बिहान ठूलो परिमाणमा रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४६२ किलो रक्तचन्दनसहित तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।पक्राउ परेकाहरू सिन्धुपाल्चोकको भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?