सेकले हाल्यो एलन मस्कमाथि मुद्दा

लोकपथ
42
Shares

वासिङटन डीसी । अमेरिकी शेयर नियामक सेक्यरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)ले खर्बपति व्यापारी एलन मस्कमाथि मुद्दा हालेको छ । सन् २०२२ मा एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि नै कम्पनीको शेयर किनेको कुरा सार्वजनिक नगरेको मामिलामा सेकले उनीमाथि मुद्दा हालेको हो ।

मस्कले एक्स किन्नुअघि नै यसको केही सेयर किनिसकेका थिए । यसबारे मस्कले सेकलाई जानकारी गराउनुपर्थ्यो, तर गरेनन् । नियम उल्लङ्घन गरेको आरोपमा सेकले मस्क विरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मस्कले २०२२ को सुरुवातदेखि नै ट्विटरको शेयर किन्न थालेका थिए ।  मार्च २०२२ सम्ममा मस्कसँग ट्विटरको ५ प्रतिशतभन्दा बढी शेयरको स्वामित्व थियो । तर मस्कले अप्रिल ४ सम्म यो खुलासा नगरेको उजुरीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?