कांग्रेसका मन्त्रीहरुलाई देउवाले बूढानिलकण्ठ बोलाए

लोकपथ
1.6k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् ।

देउवाले बिहीबार (भोलि) का लागि आफ्नो निजी निवास बूढानिलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।

कांग्रेसबाट वर्तमान सरकारमा १० मन्त्री र २ राज्यमन्त्री सहभागि रहेका छन् । सभापति देउवाले सरकारको कामकारबाहीबारे आलोचना भइरहेका बेला पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुको कामबारे जानकारी लिन लागेका हुन् ।

साथै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुबारे निरन्तर प्रश्न उठिरहेपछि सभापति देउवाले त्यसबारे चासोका साथ हेरेका छन् ।

देउवाले छलफलपछि केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न सक्ने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?