रविको थुनछेक बहससहित सबै सुनुवाइ सकियो, आजै आदेश आउने

लोकपथ
196
Shares

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

केहीबेरअघि जिल्ला अदालत काठमाडौंमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलहरु, जाहेरकर्ताका कानुन व्यवसायी, रवि पक्षको बहस रसरकारी वकिलको जवाफी बहस सकिएको हो ।

त्यस्तै सरकारी वकिलको जवाफी बहस सकिएपछि अन्तिममा लामिछानेले समेत संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश अधिकारीले सबैलाई बाहिर जान आदेश दिएका थिए ।

सबै सुनुवाइ सकिएपछि आजै थुनछेक आदेशको तयारी गरिएको छ । लामिछाने आइतबार आफैँ जिल्ला अदालत उपस्थित भएका थिए । तर न्यायाधीश अधिकारीले प्रमाण नष्ट हुन सक्ने भन्दै प्रहरीको जिम्मा लगाएका थिए । त्यसो त पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?