कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।

बेलायतको भ्रमणमा रहेका डा.कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टङु्गोमा पुर्‍याउन सुझाव दिएका थिए।

नेता कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा कोइरालालाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?