काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका छन् ।
बुधबार जिल्ला अदालत काठमाडौं बाहिर रास्वपा सभापति रवि लामिछानेका समर्थक तथा रास्वपा कार्यकर्ताहरुले त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
बुधबार जिल्ला अदालत काठमाडौंमा त्रिपाठीले रवि लामिछानेविरुद्ध जवाफी बहस गरेर फर्किएका थिए । उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।
गेटबाहिर निस्कने क्रममा जिल्ला अदालत बाहिर जम्मा भएका रास्वपा कार्यकर्ता तथा रविका समर्थकहरुले आक्रमणको प्रयास गरेका हुन् ।
प्रहरीले त्रिपाठीलाई आक्रमणबाट जोगाएका थिए । सहकारी पीडितको पक्षमा बहस गरिरहेका उनी रवि समर्थकको निशानामा पर्दै आएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविको आज थुनछेक बहस सकिएको छ । सबै सुनुवाइ सकिएपछि आजै आदेश आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया