दिनेश त्रिपाठीमाथि आक्रमबारे रास्वपाले भन्यो– ‘संलग्नलाई कारबाही गर्छौँ’

लोकपथ
357
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटनामा संलग्नलाई कारबाही गर्ने बताएको छ ।

आज जिल्ला अदालत बाहिर रास्वपा समर्थकहरुले त्रिपाठीमािथ हातपात गरेका थिए । उनी स्वर्णलक्ष्मी सहकारी पीडितको पक्ष र रवि लामिछानेको विपक्षमा बहस गरेर निस्किएका थिए । उनीमाथि एकाएक जिल्ला अदालत बाहिर भेला भएका रास्वपा समर्थकहरुले गालीगलौज गर्दै आक्रमण गरेपछि प्रहरीले उनलाई जोगाएको थियो ।

उक्त घटनापछि विज्ञप्ति जारी गर्दैै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उक्त प्रकरणमा रास्वपाका जुनसुकै सदस्य संलग्न रहेको भए पनि कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

‘…यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन आयोगको समेत ध्यानाकर्षण भएको छ र सो घटनामा यदी पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधान बमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौँ । साथै दोषी जो कोही भए पनि निजलाई कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि…

रास्वपा कार्यकर्ताद्वारा दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?