काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले बीमालेखको उद्घाटन गरेका छन् ।
विगतमा पनि बाल अमृत बीमालेख योजना ल्याएको थियो । त्यसलाई बिमितले अझ बढी रुचाएपछि थप परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना ल्याएको सीईओ खत्रीले बताए । बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको उनले बताए ।
कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्ष सम्म रहने प्रावधान राखेको जानकारी गराए ।
यस बीमालेखमा प्रस्तावकको रूपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।
यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगायतका अन्य सुविधहरु पनि बीमालेखमा रहेको कम्पनीले जनाएको छ ।
बीमालेखलाई प्रवर्द्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । शर्माले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोबाइल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरूमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया