बुटवल । कपिलवस्तुमा नेपाली र भारतीय दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार साँझ वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।
सोही दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया