काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको अप्रेसनको तयारी भएको छ । भारतको बान्द्रास्थित उनी बसेको अपार्टमेन्टमा अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्दा उनी घाइते भएका थिए । गए राति २ः३० बजे उनीमाथि चक्कु प्रहार भएको थियो ।
अहिले मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको र अहिले अप्रेसनको तयारी गरिएको छ । अस्पतालका सीओओ निरज उत्तमानीले उनको शरिरका ६ स्थानमा चोटहरु रहेको र अप्रेसनको तयारी भएको बताए । अप्रेसनपछि मात्रै उनको अवस्थाबारे जानकारी गराउने समेत उनले बताए ।
‘सैफलाई उनको घरमा अज्ञात व्यक्तिले आक्रमण गरेको थियो । उनलाई बिहान ३ः३० बजे लीलावती ल्याइएको थियो । उसलाई छ चोटहरू छन्, जसमध्ये दुई गहिरो छन् । एक चोट उनको मेरुदण्डको नजिक छ । हामी उहाँलाई अप्रेसन गर्दैछौँ । उनको शल्यक्रिया न्यूरो सर्जन नितिन डांगे, कस्मेटिक सर्जन लीना जैन र एनेस्थेटिस्ट निशा गान्धीले गरिरहेका छन् । शल्यक्रियापछि मात्रै क्षतिको हदसम्म बताउनेछौँ,’ उनले भने ।
त्यस्तै सैफको घाँटीमा अर्को चोट लागेको र त्यसको पनि मूल्यांकन भइरहेको डा. उत्तमानीले बताए । बिहान ५.३० बजेबाट शल्यक्रिया सुरु भएको र अहिले पनि भइरहेको उनले बताए ।
सैफ अली बलिउडका चर्चित अभिनेता हुन् । जसले १९९३ मा ‘परम्पारा’बाट डेब्यू गरेका थिए । दिल चाहता है, ओमकारा र तानाजीसहित विभिन्न फिल्महरूमा देखा परेका छन् । पटौदी परिवारमा जन्मेका उनी अभिनेत्री शर्मिला टैगोर र क्रिकेटर मन्सूर अली खानका छोरा हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया