काठमाडौं । सामाजिक अभियन्ताको नामले सामाजिक सञ्जालमा चर्चित आशिका तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा प्रहरी बृत्त गौशालालाई अनुमति दिएको हो ।
प्रहरीले तामाङलाई बुधबार पक्राउ गरेको थियो । तामाङले केही प्रहरी अधिकारीमाथि अभद्र शब्दहरु बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
तामाङ पछिल्लो समय विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ नभएको भन्दै भिडियो बनाएर चर्चित भएकी थिइन् । कतिपय स्थानमा पुगेर महंगी भयो भन्दै होटल तथा रेस्टुरेन्टमा समेत उनी पुगेर अभद्र व्यवहार गर्ने गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया