वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति बारको आपत्ति– ‘पेसागत सुरक्षा चाहियो’

लोकपथ
70
Shares

काठमाडौं । नेपाल बार एशोसियशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार भएको आक्रमबारे आपत्ति जनाएको छ ।

बारका महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै न्यायालय परिसरमै कानुन व्यवसायीमाथि हातपात हुनु निन्दनीय रहेको बताएकी छन् ।

त्यस्तै न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्न पाउनु कानुन व्यवसायीहरुको व्यवसायीक कर्तव्य र जिम्मेवारी रहेको समेत बारले जनाएको छ । साथै न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने घटनाले स्वतन्त्र न्यायापालिकाको उपहार भएको भन्दै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि गम्भीर चुनौती देखिएको बारले जनाएको छ ।

‘न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी दायित्वको साथै व्यवसायीक कर्तव्य र जिम्मेवारी पनि हो । न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारको घटनाले स्वतन्त्र न्यायपालिकाको उपहार गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षामाथि नै गम्भीर चुनौती देखिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै त्रिपाठीमाथि आक्रमण गर्नेहरुको पहिचान गरी कारबाही गर्न समेत बारले माग गरेको छ ।

‘… वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गालीगलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याई बारबाही गर्न र कानुन व्यवसायीको व्यवसायीक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसियशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

बुधबार जिल्ला अदालत बाहिर त्रिपाठीमाथि आक्रमण भएको थियो । स्वर्णलक्ष्मी सहकारी पीडितको पक्षमा बहस गरेर फर्किने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले त्रिपाठीमाथि आक्रमण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?