रविप्रति गोकुल बास्कोटाको टिप्पणी : ‘बाघ र निलो स्यालको फरक कहिले छुट्टिएला’

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले बुधबार रास्वपा कार्यकर्ताहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे प्रतिक्रिया जनाउँदै कटाक्ष गरेका हुन् ।

न्याय मरेको छैन भन्दै लामिछानेले भनेको अभिव्यक्तिप्रति टिप्पणी गर्दैै अदालत परिसरमै कानुन व्यवसायीमाथि मुक्का प्रहार हुनु दुर्भाग्य रहेको बताए । साथै अन्य अदालतमा समेत रविको मुद्दा रहेको र त्यहाँ रविको विपक्षमा बहस गर्ने कानुन व्यवसायीमाथि आक्रमण हुनसक्ने संकेत गरे ।

साथै लामिछानेले बुटवलमा आफू बाघ रहेको बताएको प्रसंगमा व्यंग्य गर्दै निलो क्रान्ति गर्ने रास्वपाको नाराप्रति लक्षित गर्दै बाघ र निलो रंगको स्यालमा फरक कहिले छुट्टिएला भन्दै कटाक्ष गरे ।

‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन ? टेलर्स, मिडीया, मेडिकल ,मःम, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?