दिनेश त्रिपाठीमाथिको आक्रमण निन्दनीय, जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री लेखक

लोकपथ
112
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने जुनसुकै दलको भएपनि कारबाही हुने स्पष्ट पारेका छन् ।

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मन्त्रालयगत कामको बारेमा छलफलमा भाग लिएर बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

‘यो देशमा लोकतन्त्र जीवित छ । पेसागत स्वतन्त्रता छ । मानिसले आ–आफ्नो व्यवसाय गर्न पाउँछन् । वकिलले वकालत गर्न पाउँछन्, न्यायाधीशले आफ्नो काम गर्न पाउँछन् । बिजनेसम्यानले व्यापार गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने, उच्छृङ्खलता गर्ने, अराजकता गर्ने र कानुन विपरित काम गर्ने जो सुकैलाई पनि दण्डित गरिन्छ । जहाँ दिनेश त्रिपाठीमाथि घटना भएको छ यो एकदमै निन्दनीय र गलत काम भएको छ । यस्ता अराजक काम गर्ने जो सुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ,’ उनले भने ।

त्यस्तै आजको बैठकमा दुई दल मिलेर सुशासनका लागि काम गरिरहेको विषयमा समेत छलफल भएको र बैठकले निष्कर्ष निकालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?