काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा सामेल मन्त्रीहरुलाई हप्तामा दुई दिन अनिवार्य रुपमा कार्यकर्तामाझ जान निर्देशन दिएको छ ।
आज सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारीसहित मन्त्रीहरुसँग भएको बैठकमा सो निर्णय भएको हो ।
हप्तामा दुई दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘हप्तामा दुई निश्चित दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी सम्पूर्ण ५ दिन चाँही मन्त्रालयका काममा केन्द्रीत हुने मन्त्रीहरुलाई निर्देशन दिइएको छ,’ उनले भने ।
त्यस्तै आजको बैठकले पार्टीको विभिन्न समितिहरुमा आएका गुनासोहरु सुन्न समेत मन्त्रीहरुलाई निर्देशन दिइएको उनले बताए ।
सभापति देउवाले सरकारमा सामेल मन्त्रीहरुको कार्य प्रगतीबारे जानकारी लिन आज बैठक बोलाएका थिए । बैठकले सोसहित विभिन्न निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया