राजनीतिक मामिलामा न्यायिक सक्रियताले लोकतन्त्र धरापमा पर्‍यो : शंकर पोखरेल

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोरखेलले नेपालमा राजनीतिक मामिलामा न्यायिक सक्रियताले लोकतन्त्र सुदृढीकरणमा गम्भीर असर परेको टिप्पणी गरेका छन् ।

उनले पाकिस्तानको सेनाका जर्नेलहरुको राजनीतिक महत्वकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको बताउँदै सो कुरा बताएका हुन् ।

उनले नेपालमा न्यायापालिकाले कार्यकारीको भूमिकालाई अंकुश लगाउने काम गरेको भन्दै त्यसले लोकतन्त्रलाई सुदृढ बनाउन कठिनाइ परेको त छैन ? भन्दै प्रश्न गरे । साथै यसबारेमा लोकतन्त्रका पक्षधरहरुले गम्भीर विमर्श गर्नुपर्नेमा समेत जोड दिए ।

‘पाकिस्तानमा सेनाका जर्नेलहरुको राजनीतिक महत्वकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा गम्भीर नकारात्मक असर परेको देखिन्छ । नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सकृयता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ? यसतर्फ पनि लोकतन्त्रका पक्षधरहरुले गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?