काठमाडौं । सगरमाथाको आधार शिविरबाट फर्किने क्रममा लडेर भीरमा अड्किएका जर्मन नागरिकको सकुशल उद्धार गरिएको छ ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–३ स्थित टोकटोक र बैंकरबीच जंगलमा जर्मन नागरिक ४१ वर्षीय माइकल हेनरिचको सकुशल उद्धार गरिएको हो । उनी आज बिहान ११ः३० बजेको समयमा सगरमाथा आधार शिविर भ्रमण गरी लुक्ला फर्किने क्रममा बाटो भुलेर खच्चड हिँड्ने पुरानो बाटोबाट फर्किने क्रममा एकाएक चिप्लिएर लडेका थिए । उनी बाटोबाट करिब ५–६ मिटर तल झरी भीरमा अल्झिएका थिए ।
सो क्रममा प्रहरी सहायक निरीक्षक बहादुर खड्काको कमाण्डमा गएको टोलीले उनलाई सकुशल उद्धार गरेको थियो ।
स्थानीयको समय सहयोगमा उद्धार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया