काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीय र प्रहरीबीच गएराति झडप भएको हो ।
झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ। १३ जना बौद्ध प्रहरीको हिरासतमा राखेको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया