काठमाडौं । संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए ।
उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पुर्याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताए ।
उनले सरकारले संसद्मा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौँ होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताए ।
उनले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया