माधव नेपालको प्रश्न : संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्  । 

शुक्रबार काठमाडौंमा विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताए ।

उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरू पनि सन्तोषजनक नरहेको बताए । उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको बताए । उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गरे । 

अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलब विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरूले सडक संघर्ष गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?