काठमाडौं । मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिबार एक लाख दीप प्रज्वलन गर्ने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन् ।
एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिबार साँझ हुने बताए । शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रबार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताए । मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकूल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया