काठमाडौं । आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबार (आज) देखि मलेसियामा सुरु हुँदैछ । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्वकपमा नेपाल ‘समूह डी’ मा अस्ट्रेलिया, बंगालादेश र स्कटल्यान्डसँगै छ ।
नेपालको महिला टोली यस विश्वकपमा पहिलो पटक सहभागी हुँदैछन् । उद्घाटन खेलमा नेपालले शनिबार नै बंगालादेशसँग खेल्दै छ ।
मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरु हुनेछ । नेपालको कप्तानमा पूजा महतो तथा बंगालादेशको कप्तानमा सुमैया अक्तर छन् ।
नेपालले बंगालादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एशिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया