एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को सार्वजनिक

लोकपथ
21
Shares

काठमाडौं । एमएडब्लू वृद्धिले सोल्टी होटेलमा आज आयोजित एक समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07Lसार्वजनिक गरेको छ। 

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल S07L सार्वजनिक गरेको हो । 

कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत ग्राहक अनुभवहरू वृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए।

‘हामीले ९१ वटा चार्जिङ स्टेसनहरू स्थापना गरेका छौँ जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो। यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,‘अग्रवालले भने। उनले सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाको लागि ग्राहकहरूलाई धन्यवाद पनि दिए।

विस्तारित दायरा र शक्तिशाली प्रदर्शन : डीपल S07L ले १६० किलोवाट रियर-ह्वील ड्राइभ मोटरको साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्छ जुन ७९.९ kWh को बलियो ब्याट्री प्याकसँग जोडिएको छ। यो पावरहाउस संयोजनले सिंगल चार्जमा असाधारण ४८५ kM WLTP को दायरा प्रदान गर्दछ जसले लामो दूरीको यात्रालाई चिन्तामुक्त बनाउँछ। S07Lको १८० km/h को उच्चतम गति र केवल ६.६ सेकेन्डमा ० -१०० km/hको रोमाञ्चक एक्सेलेरेशनबाट गति उत्साहीहरू रोमाञ्चित हुनेछन् जसले यसलाई शहरी यात्रा र राजमार्गको साहसिक यात्रा दुवैको लागि एक उत्तम साथी बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?