मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गरे । उनले भने, ‘सञ्चारकर्मी र कलाकारले देशका विभिन्न जातजातिबीच राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने गरी काम गर्नुपर्छ ।’
उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक संकट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरूको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए ।
अध्यक्ष दाहालले वर्तमान अवस्थामा सामाजिक सञ्जालका कारण छापा सञ्चारमाध्यमका अगाडि ठूलो चुनौती रहेको समेत उल्लेख गर्दै दैनिक पत्रिका निरन्तरता रूपमा प्रकाशन गरिरहेकामा न्यू सृष्टिका प्रधान सम्पादक शङ्कर खरेलको प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया