काठमाडौं । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरूको प्रचार प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरूले बताएका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा आफ्नो कम्पनीहरूको स्टल राखेका व्यवसायीहरू मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताउँछन् । उनीहरूले यस्ता मेलाहरूले नेपालमा मात्रै नभई विदेशमा पनि आफ्ना उत्पादनहरूको बजारीकरण गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
मेलामा सहभागी अल्ट्रा इन्टिरियोका सञ्चालक श्री खनालले मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरू उपभोक्तामाझ बुझाउने र पुर्याउन सहज बनेको बताए । उनले नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामग्रीहरूको प्रचारप्रसार गर्ने माध्यम बेला बनेको बताए ।
मेलामा सहभागी मयुर प्लाइका सहायक महाप्रबन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार प्रसार गर्ने सही माध्यम भएको बताए । उनले आफ्ना उत्पादनलाई बजारीकरण गर्नका लागि यस्ता एक्स्पोहरुको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । उपभोक्ताहरूसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाइअनुसारका उत्पादनहरू आगामी दिनमा बनाउन मेलाले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, मिराज काठ उद्योगका व्यवस्थापक ईश्वर पोखरेलले मेलाले उपभोक्ताहरूसँग प्रत्यक्ष जोडिन मद्दत पुगेको बताए । उनले आफ्ना सामग्रीहरू विदेशमा पनि बिस्तार र व्यापार गर्न मेला महत्त्वपूर्ण रहेको बताए ।
त्यस्तै ऋद्धिसिद्धि ल्याबिनेट्स प्रालिका सहसंस्थापक रवि नेमानीले मेलाले आफ्ना सामग्रीहरूको बजार बिस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । भारतका सामग्रीहरू नेपाली बजारमा ल्याउन र आम नागरिकलाई बुझाउन मेला महत्त्वपूर्ण रहेको बताए । मेलाले आफ्ना उत्पादनको प्रचार प्रसारमा मद्दत पुग्ने बताए ।
यता, ज्यागवार प्लाइका निर्देशक रोहित नेमानीले आफ्ना उत्पादित सामग्रीहरूलाई उपभोक्ताहरुमाफ पुर्याउन मेला महत्त्वपूर्ण रहेको बताउँछन् । उनले यस्ता मेलाले आफ्ना उत्पादनबारे जानकारी नहुनेलाई जानकारी दिन फाइदा पुग्ने बताए ।
त्यस्तै, ट्राइनोक्स नेपालका निर्देशक सृजित माधोगरियाले आफ्ना उत्पादनहरूको बजारीकरण गर्न र उपभोक्ताहरूसँग भिज्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले उपभोक्ताले चाहेको मागअनुसारको उत्पादन गर्न मेलाले सन्देश दिने बताए । आफ्ना उत्पादनको सुधार गर्न पनि मेला महत्त्वपूर्ण रहेको बताए ।
उनले धेरै अवलोकन कर्ताहरू आउने भन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरू आएर बुझिदिँदा नै आफूहरू सन्तुष्ट हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया