मधेसका शहीदका सपना अझै पूरा भएनन् : लोसपा उपाध्यक्ष गुप्ता

लोकपथ
14
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८औँ बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । 

शनिबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा लोसपाले शहीदहरूको तस्बिरमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो । 

सो अवसरमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलितहरुका मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको बताए । 

उनले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताए । वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे । 

मधेस केन्द्रित दलहरूले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन् । शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरू बलिदानी दिवसको रूपमा मनाउने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?