काठमाडौं । सिजी मोटर्सले आफ्ना एक्स्ट्रिम सिरिजका दुई मोटरसाइकल झापाको बिर्तामोडबाट लन्च गरेको छ । हिरोले १२५ सिसीको एक्स्ट्रिम १२५ आर र १६० सिसीको एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय लन्च झापाको बिर्तामोडबाट गरेको हो ।
सिजी मोटर्सले बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक कार्यक्रम गरी नयाँ मोटरसाइकलको रिजनल लन्च गरेको हो । हिरोले आकर्षक डिजाइनसहितको नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्दै कलाकार मार्फत् साँगितिक प्रस्तुति समेत दिएको थियो । कार्यक्रममा गायक निशान भट्टराई लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
हिरो एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २,८९,९०० र एबीएस भेरियन्टका लागि ३,११,९०० तोकिएको छ ।
सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया