पूर्वडीआईजी जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले सोमबार आदेश दिएको छ ।

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सो आदेश दिएको हो ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

जोशी आइतबार मात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । हिजोको थुनछेक बहस नसकेपछि उनलाई काठमाडौं प्रहरीको हिरासतमा पठाइएको थियो ।

त्यसो त यसअघि सहकारी ठगी प्रकरणमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछाने यसअघि नै धरौटीमा रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?