सशस्त्र प्रहरी सहायक हबल्दार भण्डारी बने वर्ष जवान, यूएन मिसनमा जान पाउने

लोकपथ
2.4k
Shares

काठमाडौं । नम्बर ३३ त्रिपुरा गण जुम्ला दरबन्दी भई नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारी २०८१ सालको वर्ष जवान बन्न सफल भएका छन् ।

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वर्ष जवानको ट्याग प्रदान गरे । उनलाई महानिरीक्षक अर्यालले १० हजार रुपैयाँ पनि प्रदान गरेका छन् ।

उनी सशस्त्र प्रहरीको गोताखोर हुन् ।

सशस्त्र प्रहरी वर्ष जवान घोषित हुने सशस्त्र प्रहरी कर्मचारीका एक सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १२ सम्म अध्ययनका लागि वार्षिक २४ हजार रुपैयाँ उपलब्ध गराइने गरिएको छ । साथै यूएन मिसनमा पनि पठाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?