काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेसँगै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
साम्पाङ आफ्नो पालिकामा खानेपानीको समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सोमबार रित्तो गाग्रीसहित काठमाडौं आएका थिए ।
उनले आज प्रधानमन्त्री, खानेपानीमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेट्ने तयारीमा छन् । उनी बिहान १० बजे आसपास रित्तो गाग्री लिएर सिंहदरबार छिर्ने तयारी गरेका थिए । तर उनी सिंहदरबार छिर्न खोज्दा उनका समर्थकले हुलदंगा गर्नसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
धरानमा लामो समयदेखि खानेपानी समस्या जटिल अवस्थामा रहेको छ । गत निर्वाचनमा धराने जनतालाई खानेपानी खुवाउने संकल्पसहित साम्पाङ मेयरमा स्वतन्त्रबाट उठेका थिए । अन्य पपुलर नाराका अघि साम्पाङको खानेपानीको अभियानका कारण सानदार मतका साथ जितेका थिए । उनले लामो समयदेखि श्रमदानसहित खानेपानीको समस्या समाधान गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया