खानेपानी मन्त्रीले हर्क साम्पाङलाई दिए धरानमा पानीको समस्या समाधान गर्ने बचन

लोकपथ
91
Shares

काठमाडौं । खानेपानी समस्या समधानको माग लिएर काठमाडौं आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरेका छन् ।

मंगलबार दिउँसो साम्पाङले मन्त्री यादवलाई भेट्दै खानेपानी समस्या समाधान गर्ने बचन दिएका हुन् ।

‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु,’ मन्त्री यादवले भनेका छन् ।

त्यस्तै उनले आफूले खानेपानी समस्या समाधानका लागि पहलकदमी लिने बचन दिएपछि साम्पाङ खुसीसाथ मन्त्रालयबाट बाहिरिएको समेत बताए ।

‘खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता मैले व्यक्त गरेको छु। यसै क्रममा, नगरप्रमुख श्री हर्कराज राई जीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन आग्रह गरें, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनुभयो,’ उनले भनेका छन् ।

साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार पस्न खोजेपछि प्रहरीले उनको गाग्री भने खोसेको थियो । प्रधानमन्त्रीसहित खानेपानी मन्त्री र अर्थमन्त्रीलाई समेत भेट्ने योजनामा रहेका थिए । तर प्रधानमन्त्री र अर्थमन्त्रीले समय नदिएपछि साम्पाङ रिसाउँदै सिंहदरबारबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?