सुप्रिम सहकारी ठगी प्रकरण : बयानका लागि बुटवल पुगे रवि लामिछाने

लोकपथ
147
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा बयानका लागि रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने बुटवल पुगेका छन् ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीबारे परेको मुद्दाको बयानका लागि लामिछाने मंगलबार अपरान्ह बुटवल पुगेका हुन् ।

त्यस्तै लामिछानेका कानुन व्यवसायीहरु केही दिन अघि नै बुटवल पुगिसकेका छन् । लामिछाने बुधबार (भोलि) अदालतमा आफैँ उपस्थित हुने बताइएको छ ।

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ ।

त्यसो त लामिछानेले यसअघि सहकारी ठगी प्रकरणमा दुई अदालतबाट यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । जिल्ला अदालत कास्कीले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेको चितवन र पर्सामा समेत सहकारी ठगीको मुद्दा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?