‘संविधानको व्यवस्थाअनुरूप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैन’

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संविधानमा भएको व्यवस्था बमोजिम ल्याएको अध्यादेश असंवैधानिक नभएको दाबी गरेका छन्  । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । 

उनले सरकारले आवश्यकता परे अध्यादेश ल्याउन पाउने संविधानको धारा ११४ मा व्यवस्था गरेको बताए । संविधानले गरेको व्यवस्था अनुरुप वर्तमान सरकारले अध्यादेश ल्याएको दाबी गरे । उनले संविधानले संसदीय व्यवस्थामा राखेको व्यवस्थाअनुसार अध्यादेश जारी गर्दा असंसदीय र असंवैधानिक नहुने बताए । 

उनले संसद् नबसेको अवस्थामा अति आवश्यक काममा निम्ति अध्यादेश मार्फत ऐनहरू सरकारले ल्याउन सक्ने बताए । अध्यादेशमार्फत ल्याएका ऐनहरूलाई  सरकारले ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने बताए । विश्वमा संसदीय व्यवस्था भएका मुलुकहरूलाई हेरेर नेपालको संविधानमा पनि अध्यादेश ल्याउन पाउने व्यवस्था राखेको उनको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?