काठमाडौं । उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गरे ।
मंगलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरू बसिरहेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया