अखिल क्रान्तिकारीमा अध्यक्षका लागि ६ जनाको मनोनयन दर्ता, क-कसले दिए उम्मेदवारी ?

लोकपथ
679
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि सुदिन पौडेल, हेमन्त राई, उपदेश यादव, योगेन्द्र बुढा, विजयप्रकाश सापकोटा र विश्वमणि थापाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि मंगलबारको समय तोकिएको थियो ।


यसैगरी, उपाध्यक्षका लागि मदन ढकाल, मीनराज ओली, देवेन्द्र शर्मा, पार्वती नेगी, पदम नेपाली, देवकी काकी, समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने र ममता अधिकारीको उम्मेदवारी गरेको छ ।


महासचिवमा गोविन्द बानियाँ, प्रतीक कार्की, तिर्सना हमाल, श्याम रोका, सञ्जीव फुयाँल, रोशन थापा मगर, रोशन खड्का र पदम काफ्लेको मनोनयन दर्ता भएको छ । कोषाध्यक्षमा पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ ।


निर्वाचन समितिले अनलाइनमार्फत् उम्मेदवारी दर्ताको व्यवस्था गरेको थियो । सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?